डेंगी परीक्षण गर्दा ६ सय रुपैयाँभन्दा बढी लिन नपाइने 

विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थाले डेंगी परीक्षण गर्दा ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । सोमबार महानगर र सरोकारवालाको बैठकबाट डेंगीको परीक्षण शुल्क तोकिएको हो ।

किटमार्फत डेंगी परीक्षण गर्दा स्वास्थ्य संस्थाले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि महानगरले सरोकारवालासित बैठक राखेको थियो ।

विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाले किटबाट डेंगी परीक्षण गर्दा ६ सय  रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको महानगरका स्वास्थ्य महाशाखाले जनाएको छ । महानगरअन्तर्गतको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा भने चिकित्सकको सल्लाहअनुसार निःशुल्क डेंगी परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको