जारको पानीमा किरा भेटिएपछि एक उद्योग सिल

काठमाडौँ, १८ साउन । जारकाे पानीमा किरा भेटिएपछि काठमाडौँको एक पानी उद्याेग सिल भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।

अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली स्थानीय माता विष्णुदेवी फुड् एन्ड वेभरेज प्रालीकाे उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा गएको थियो । त्यस क्रममा पनि फोहोर पानी भेटिएपछि पानी उत्पादन केन्द्रमा बिक्री/बितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको