वीर अस्पतालमा बिहान ८ बजेबाटै ओपीडी सञ्चालन हुने

काठमाडौँ, १ साउन । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी  कार्यान्वयनमा आउन लागेको हो ।

दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा. पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको