रोजगारीमा मलेसिया जानेको संख्या घट्यो

काठमाडौँ, १७ असार । नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य भए पनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको छ ।

मलेसियाले न्यूनतम तलब बढाएपछि करिब ६ महिनाअघि त्यसतर्फ जानेको संख्या उच्च दरले बढेको थियो । तर, अहिले नेपालका लागि निर्धारण गरेको विदेशी श्रमिक कोटा रोक्का गरेपछि जाने श्रमिक संख्या घटेको हो ।

गत बैशाखमा ११ हजार ३ सय १० जना मात्र मलेसिया गएका छन् । मलेसियाले नेपालको जस्तै बंगलादेशबाट पनि श्रमिक नलिने जनाएको थियो । तर, बंगलादेशी श्रमिक भने मलेसिया गइरहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यावसमायी संधका महासचिव मेघराज भुर्तेलका अनुसार मलेसियाले सन् २०२३ बाट नेपालबाट लिने श्रमिकका लागि त्यँहााका रोजगारदातालाई दिदैं आएको कोटा बन्द गरेको छ । अहिले नेपालबाट जारी भएको श्रमस्वीकुति पहिलेकै कोटा भएको उनले बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर