पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौँ, १५ असार । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो ।रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।

बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर