आजको मौसम

काठमाडौँ, १४ असार । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
 
त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोसी, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ