पूर्वी पहाडी जिल्लामा खाद्यन्न र औषधिको तत्काल व्यवस्था होस् : सांसद भट्टराई

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लाहरुमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरुका लागि अति आवश्यकीय बस्तुहरुको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

ताप्लेजुङ जिल्ला राजमार्गहरुबाट सम्पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै उनले पहिरोले बगाएका पुलहरुको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ