कविता “म कवि “

म यो माहा मण्डल को एक
बिभुषित मान्छे
मेरा अक्षर का बगैचा मा
मैले फुल हरु आफै फुलाए नि हुन्छ
या कुनै गरिबको आगन अगाडि फुल्न
खोजेको फुलको बोटै उकाएर ल्यर
मेरै आगन मा सारे नि हुन्छ ।
या कुनै ठुला शाही बागका
सुन्दर गुलाब हरुका हागा काटेर
आफ्नै तरिकाले काट छाट गरे
सारेनि हुन्छ
मैले जे जसरी मेरो बगैँचा
सजाए पनि म माहान नै रहन्छु ….
तिमी हरु जस्तो अक्षरको साम्राज्यमा
गरिबिको रेखा मुनि बाट बिकास तिर
पाइला चाल्दै गरेकाले
देशनै हल्लाउने अक्षर उब्जाए पनि
चोर कहलिन छोड्दैनौ
मेरा अक्षरका बगैँचा मा फुलेका
गुलाब ले सुगन्धको साटो
गन्ध छरे पनि म चोर कहलिदिन
किन कि म एक
बरिस्ठ बिभुशित
मन्चासिन कवि हु …..

के आर पाण्डुलिपि

पन्चपुरी न पा ५ सुर्खेत

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ