प्रधानमन्त्रीले नदीनाला भारतलाई सुम्पने काम गरे : अध्यक्ष लिङ्देन

काठमाडौँ, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यो लडाईँ देश जोगाउने लडाईँ, धर्म जोगाउने लडाईँ, यो लडाईमा उभिनुपर्ने भयो । यसमा एकचोटी तपाईहरुको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु,’ ‘तपाईहरुले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो । आज हेर्नुस् त, देशको जिम्मा लिएका राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरी उपलब्धि ठान्न थालेका छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका