काठमाडौँ, १५ जेठ । स्वास्थ्य बिमा बोर्डले बिमामा आवद्ध बिरामीलाई बढीमा एक महिनाका लागि पुग्ने औषधि मात्रै दिन अनुरोध गरेको छ ।
केही अस्पतालहरूबाट एकैपटक तीन महिनाको औषधि दिने गरिएको र त्यसले बोर्डको भुक्तानी प्रक्रियामा वाधा पुर्याएको बोर्डले जनाएको छ ।





