गृहमन्त्री बादलद्वारा निर्मलाको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन

(असोज ९, काठमाडौं) ।  गृहमन्त्री राम बहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने बताएका हुन् । उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाइसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज हुने उनको तर्क थियो ।

निर्वाध मदिरा विक्रि वितरणले बलात्कारका घटना बढेको तथा लागू औषध नियन्त्रण र निषेध नगरेसम्म महिला हिंसामा कमी नआउने उनको तर्क थियो ।

उनले भने, “लागु औषधका कारोबारीहरु हत्यारा हुन् । बास्तवमा तीनीहरु बलात्कारी हुन् । यस प्रतिको कठोर कानुन बनाउन जरुरी छ । राजनीतिक संकल्प गर्नु जरुरी छ । बलात्कारीहरुलाई सखाप पार्न त्यस किसिमको मेकानिजम पनि डेभलप गर्नु जरुरी छ । अहिले गृहमन्त्रालयले लागु औषधको कारोवारीलाई सखाप पार्ने अभियान अस्ति देखि सुरु गरेका छौ । ”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा