१३ जना फरार प्रतिवादी पक्राउ

बुटवल, २४ चैत । रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको टोलीले विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई उनीहरूको घर वतनमा फेला पारी पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाइएको छ । 

पक्राउ पर्नेमा जुवा मुद्दाका रुपन्देहीको देवदह नगरपालिकाकी कान्छी गुरुङ, हरि प्रसाद खनाल, ठगी मुद्दाका दामोदर चौधरी, वन मुद्दाका गंगाराम वि.क., दलबहादुर थापा, टेकबहादुर सुनार, यमबहादुर क्षेत्री, रमेश कुमाल, कान्छो कामी, चोरी मुद्दाका सागर खवास, रामबहादुर लामा तामाङ, सार्वजनिक मुद्दाका निशव श्रेष्ठ र बहुविवाह मुद्दाका धुव्र कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको