कोभिड र डेंगु बढ्दै : स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन

काठमाडौँ, २३ चैत । कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो ।

जनस्वास्थ्यसँग जोडिएर संवेदनशील मानिएको स्वास्थ्य मन्त्रालय नै मन्त्रीविहीन हुँदा पछिल्लो समयमा बढ्दै गएको कोरोना भाइरस संक्रमण नियन्त्रणसम्बन्धी नीतिगत निर्णय गर्न कठिनाइ भएको मन्त्रालय स्रोतले बताएको छ । सरकारमाथि समयमै मन्त्री नियुक्त नगरेर जनताको स्वास्थ्यसँग खेलवाड गरेको आरोप लाग्न थालेको छ । पछिल्लो समयमा कोभिड र डेंगु संक्रमणको त्रास बढ्दो छ ।

मन्त्रालयका अर्का एक सहसचिव भन्छन्– ‘मन्त्रालयको मुख्य निर्णयकर्ता नै लामो समयसम्म नभएपछि सम्बन्धित मन्त्रालयअन्तर्गतका सबै क्षेत्रमा असर पर्ने नै भयो । क्याबिनेट मन्त्री नै नभएपछि नीतिगत निर्णय प्रक्रियामा ढिलाइ हुने र त्यसको प्रत्यक्ष असर सेवाग्राहीसम्म पर्ने हुन्छ ।’ सरकारले दिने सेवा प्रवाह समयमै नहुँदा नागरिकस्तरमा सरकारप्रति नैराश्यतासँगै अविश्वास बढ्ने र लोकतन्त्र नै खतरामा पर्नेसम्मको अवस्था आउन सक्ने उनी बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको