(असोज ३, काठमाडौँ) । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् ।
जिल्ला अस्पताल जलेश्वरका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला फैलिएको र चिकित्सक टोली पुगेर स्थानीय मदरसामा राखेर उनीहरुको उपचार भइरहेको जनाएको छ ।




