प्रधानमन्त्री प्रचण्ड भारतीय एजेण्ट भएको पुष्टिः यस्ता छन् तथ्य

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय एजेण्ट भएको पुष्टि भएको छ ।

केही समय अघि भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेट पछि एकाएक एमाले नेतृत्वमा रहेको सात दलीय गठबन्धन भत्काउन खेलमा लागे । क्वात्राको एउटै लक्ष्य हो, नेपालमा एमाले बाहेकको सरकार गठन गर्नु । किन की एमालेले भारतीय खेलमैदान नेपाललाई बन्न दिँदैन तर प्रचण्ड भारतमा नै आफ्नो राजनीतिक धलो बनाएर बसेकाले भारतको गुलामीमा नै जीवन विताउन चाहन्छन् । भारतीय नागरिकलाई नेपालको जस्तोसुकै शासकीय नेतृत्वमा पुर्याई नेपालको नेतृत्व भारतको कब्जामा राख्ने खेल भारतको रहेको छ । राष्ट्रपति एमालेको भएसम्म उक्त कुरा सम्भव नदेखेकाले भारतले प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रयोग गरी एमालेको राष्ट्रपति हुन नदिने अस्त्र प्रयोग गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक नागरिकता सम्बन्धी विधेयकलाई रोकेकी छिन् । जसले गर्दा भारतको सपना चकनाचुर हुँदै आइरहेको छ । तर हिजो एमालेलाई राष्ट्रपति दिनुभन्दा भारतले भने अनुसार कांग्रेसलाई राष्ट्रपति दिने गरी गठबन्धन नै टुटाउन पुगेका छन् प्रचण्ड । एमालेलाई बाहिर राखेर प्रचण्डको अबको लक्ष्य भनेको नै राष्ट्रघाती नागरिकता विधेयक पारित गर्ने, एमसीसी लागु गर्ने, एसपीपी सम्झौता कार्यान्वयन गर्नेलगायतका रहेको प्रष्ट बुझ्न सकिन्छ । त्यती मात्र नभई प्रचण्डले केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली गुमेको भूमि फिर्ता ल्याउने प्रकृया अगाडी बढाएको थियो । अब प्रचण्डले आफ्नो सत्ता जोगाउन उक्त प्रकृयालाई रोक्ने निश्चित रहेको छ । जसले गर्दा प्रचण्ड नेतृत्वको सरकार नेपाल र नेपाली जनताको नभई भारत र भारतीयको भएको बुझ्न कठिन छैन ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड भारतीय एजेण्ट भएको उनकै अभिव्यक्ति र व्यवहारबाट प्रष्ट भएको छ । तत्कालिन नेकपा पार्टी रहेको समयमा स्थायी कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीबाट केपी ओलीको राजिनामा भारतको सल्लाहमा आफुले राजिनामा मागेको एक सदस्यले जानकारी दिएका थिए । यसबाट के प्रष्ट हुन्छ भने भारतको इसारामा अध्यक्ष प्रचण्ड लगायतको टिम परिचालित भएको सजिलै बुझ्न सकिन्छ । यसै त प्रचण्डलाई भारतले नै हुर्काएको व्यक्तिको रुपमा आलोचित हुँदै आएका छन् । भारतको इसारामा नै प्रचण्डले पार्टी तथा सरकारलाई असफल बनाउन एक पछि अर्को कदम यो वा त्यो बहाना बनाउँदै आएका छन् । उनकै योजनामा सरकारले गरेका राम्रा कामलाई समेत छोपिने गरी कुप्रचार हुने गरेको आम नेपाली जनताले प्रष्ट बुझेका छन् ।

हिजो एमाले वा केपी ओलीको आर्शिवाद नपाएको भए प्रचण्ड प्रधानमन्त्री त कुरै नगरौं, उनको राजनीतिक भविष्य नै समाप्तीको बाटोमा अगाडी बढेको थियो । यो तितो सत्य हो । स्थानीय तहमा कांग्रेसको बुई जढ्दा तत्कालिन माओवादी रातको समयमा टर्च लाईट लगाएर खोज्नुपर्ने अवस्थामा पुर्याएका प्रचण्डले अब पनि नेतृत्वमा रहे भने नेकपालाई सोही अवस्थामा पुर्याउने लगभग निश्चित जस्तै देखियो । भारतको टिका लगाएर नेतृत्व गर्छु भनि सपना देख्ने प्रचण्डले अब नेकपाको नेतृत्व संहालिरहे नेकपाको अस्थितत्वमा समेत ठूलो संकट पर्ने देखिएकाले वेलैमा ठूला राजनीतिक दल तथा जनताले सोच विचार गर्नु पर्ने समय आएको छ ।

त्यती मात्र हैन अध्यक्ष प्रचण्डको नेतृत्वमा गुट र उपगुटमको लहै लहैमा लाग्ने अन्य केही नेतृत्वले गर्दा पनि नेकपाका कार्यकर्ताको भविष्य अन्धकार हुने बाटोमा अघि बढेको देखिएको छ । बुढानिलकण्ठ, कोटेश्वर तथा रागाँ पाटी चलाएर कुर्सीको लागि लडाई गर्ने प्रचण्डले नेपाललाई पुनः भारतको शरणमा पुर्याउने लक्षमा अघि बढेका छन् । गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रकृयामा अघि बढेको छ । ओलीकै नेतृत्वमा संविधानमा समेत गुमेको भुमि लिपुलेक, कालापानी तथा लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा समेत जारी भएको छ । के यो हिम्मत हिजो प्रचण्ड, देउबा, माधव कुमार नेपाल, झलनाथ खनाल प्रधानमन्त्री हुँदा गरेका थिए ? यसबाट के प्रष्ट हुन्छ भने आफु देशको लागि केही गर्न पनि नसक्ने, अरुले गरेको पनि देखि नसक्ने यी नेतालाई नेपाली जनताले बुझ्न जरुरी रहेको छ ।

हुनत, नेपाली जनताले बुझेका छन्, प्रचण्ड र दिल्ली भनेको पर्यायवाची शब्द हो । तर अब नेपाली जनता त्यती अबुझ छैनन् । एक एकको हिसाव किताव राख्नेछन् र माग्नेछन् । त्यो दिन प्रचण्डले पृथ्वीको कुनै ठाउँमा त हैन पानी मुनि लुकेपनि जनताले छाड्ने छैनन् ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई