हात्तीपाइलेको रोग देखिएका जिल्लामा औषधि खुवाइने

काठमाडौँ, ५ फागुन । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेको छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके  र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम सञ्चालन हुनेछ । 

उनले भने, “१५ जिल्लाका ८५ लाख जनसङ्ख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ । यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्नका लागि औषधि सेवन कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ ।”

सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको  छ । यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध  हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको हो । थप गरिएको एक जिल्ला रसुवामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएपछि औषधि सेवनको अभियान सञ्चालन हुन लागको छ  । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, ४ असोज । २०८३ साल असोज ४ गते आइतबारको राशिफल ।    मेष : दिन राम्रो छ। श्रमको फल

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको