संघीयतालाई संस्थागत गरे तराई मधेसको विकासमा कायापलट: अध्यक्ष यादव

बारा, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघीयतालाई संस्थागत गर्न सके तराई मधेशको विकासमा कायापलट हुने बताएका छन् ।

बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयर सिचाई योजना शिलन्यास कार्यक्रमका अध्यक्ष यादवले संघीयतालाई संस्थागत हुन नदिने खेल शुरु भएको भन्दै यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए । ठूला दलहरुले तराई मधेशको विकासमा आनाकानी गर्ने गरेकोप्रति लक्षित गर्दै यादवले एकपटक क्रान्तिको बिगुल फुक्ने वातावरण सृजना गर्नुपने बताए ।

मधेश प्रदेश सरकारको करिव २१ करोड लागतमा निर्माण हने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिचाई हने बताइएको छ । छठिया निर्माण सेवा बाराले सो ठेक्का सकार गरेको छ । कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

हेटौँडा, १० भदाै ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुस्लिम समुदायले गर्दै आएको दान तथा परोपकारको परम्पराले सामाजिक सद्भाव,

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन