बैंकिङ कसुर मुद्दाका फरार तीनजना पक्राउ

काठमाडौँ, १७ माघ । बैंकिङ कसुर मुद्दा लागेर फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका–३, तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौँको तार्केश्वर नगरपालिका–११, मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका–६ का ४२ वर्षीय राजकुमार लामा रहेका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।  उनीहरूमध्ये रोसनलाई ललितपुर टिकाथलीबाट, गौतमलाई भक्तपुर वंशगोपालबाट र राजकुमारलाई काठमाडौँ स्वयम्भुबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये रोसनलाई उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले चारदिन कैद र सात लाख रूपैयाँ जरिवाना सजाय, गौतमलाई २०७९ मंसिर २३ गतेको फैसलाले आठदिन कैद र २२ लाख रूपैयाँ जरिवाना सजाय र राजकुमारलाई २०७९ कात्तिक २५ गतेको फैसलाले १० दिन कैद र १८ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर