मानुषीकाे सहयाेगमा लायन्स तथा लियोकाे स्वास्थ्य शिविर

काठमाडौँ, १७ माघ । लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको आयोजना तथा मानुषी नामक गैह्रसरकारी संस्थाको सहकार्यमा हालै एक बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जमा अध्ययनरत लियो क्लव अफ अव्वल भ्यालीका लियो सदस्यहरूको विशेष सकृयता एवं मानुषीकाे व्यवस्थापनमा उक्त शिविर सम्पन्न भएको कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काले बताएका छन् ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ J अन्तर्गतको क्लव लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काका अनुसार महाराजगन्ज क्याम्पसमा अध्ययनरत लियो विद्यार्थीहरूको पहलमा त्रि.वि.शिक्षण अस्पतालमा कार्यरत विभिन्न विधाका चिकित्सकहरूको टोलिबाट सिन्धुली जिल्लाको गाेलन्जाेर गाउँपालिका वडा नं. ४ तिनकन्यामा आयाेजित उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पिडित महिलाहरू करिव ३०० जनाभन्दा बढी बिरामीहरूको स्वास्थ्य जांच गरी आवश्यक ओषधिहरू समेत निशुल्क प्रदान गरिएको थियो ।

गाेलन्जाेर गाउँपालिकालाई आफ्नो कर्मथलाे बनाएर संचालन भइआएकाे मानुषी लघुबित्त संस्थाले उक्त स्वास्थ्य शिविरकाे व्यवस्थापनकाे लागि आवश्यक सहजिकरण गरिदिएकाे र तिनकन्या सामाजिक महिला उद्धमी सहकारी संस्थाकाे भवनमा  संचालित उक्त शिविरमा सिन्धुली जिल्लाकाे अति बिकट क्षेत्रमा रहेको गाेलन्जाेर गाउँपालिका तथा आसपासका क्षेत्रबाट समेत आएका बृद्ध, अधवैंशे, युवा उमेरका महिलाहरूले स्वास्थ्य जांच गराई प्रेसकृप्सन अनुसारको ओषधिहरू समेत प्राप्त गरेका थिए । उक्त स्वास्थ्य शिविरमा आफूलाई जंचाउन आएका बिरामी तथा कार्यक्रमका अन्य सहभागीहरूले काठमाडौदेखि यति टाढासम्म आएर निशुल्क रूपमा ओषधिसहितको स्वास्थ्यसेवा प्रदान गरेकोमा आयोजक लायन्स क्लव अफ अव्वल भ्याली, लियो क्लव अफ अव्वल भ्याली तथा मानुषी गरी तिनै वटा संस्थालाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो खालको सेवा प्राप्त गर्ने अभिलाषा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका