पासपोर्टको लागि एक महिनाको अग्रिम अनलाइन आवेदनको व्यवस्था

काठमाडौँ, १६ माघ । राहदानी विभागले सेवा सहज बनाउन भन्दै एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुनेछ ।

अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको विभागले जनाएको छ ।

दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । विभागका अनुसार आज १६ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १० असार । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि कुल दुई अर्व चार करोड ४५ हजार रुपैंयाको

काठमाडौँ, १० असार । आज सेयर बजार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ । आज घट्दा ६२ कम्पनीको मात्रै सेयर

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बनेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले आज