नेपाल प्रहरीले सञ्चालनमा ल्यायो नर्सिङ कलेज

काठमाडौँ, १४ माघ । नेपाल प्रहरीले ‘नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज’ नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ ।

महाराजगञ्जमा बिहीबार अध्यापन सुरु गरिएको नर्सिङ कलेज नेपाल प्रहरीले आफ्नो कल्याणकारी कोषबाट सुरु गरेको जनाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालनका लागि नर्सिङ कलेजलाई ४० वटा कोटा दिएको नेपाल प्रहरीले जनाएको छ ।

यो शैक्षिक सत्रको सीटीइभीटी सम्बन्धन प्राप्त कलेजहरुमा भर्नाको लागि मेरिट लिस्टमा परेका विद्यार्थीहरुलाई सीटीईभीटीको अनुमति लिएर विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरेको छ । कलेजनमा खुला प्रतिस्पर्धाबाट सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूले अध्ययन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा