भक्तपुरमा ‘आयु सुपर स्पेशियालिटी’ क्लिनिक सञ्चालनमा

भक्तपुर, १० माघ । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. ३ गट्ठाघरमा ‘आयु सुपर स्पेशियालिटी’ क्लिनिक सञ्चालनमा आएको छ ।

जर्मन होम्ससँगै रहेको आयु भवनबाट यहि माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो क्लिनिक शुभारम्भ हुने व्यवस्थापक बिकाश थापाले जानकारी दिएका छन् । ‘भक्तपुर जिल्ला र पूर्वका जिल्लाका सर्वसाधरणहरुको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरीय बनाउन हामीले यो क्लिनिक संचालनमा ल्याएका हौं,’ व्यवस्थापक थापाले भने ।

एउटै छानामूनी २० वटा विभाग अन्तरगत सबै प्रकारका विशेषज्ञ डाक्टर, गुणस्तरीय ल्यावसहितको सेवा दिने संस्थाले जानकारी दिएको छ । यहाँ आन्तरिक चिकित्साको विशेष सेवाहरू ग्यास्ट्रोन्टेरोलजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधा हुने क्लिनिकका अध्यक्ष प्रा.डा. सुरज बज्रचार्यले बताए । ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी, आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्री रोग/इनभिट्रो फर्टिलाइजेशन, बाल रोगको उपचार लगायतका सेवाहरु दिइने डा. बज्रचार्यले जानकारी दिए ।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई दिने सेवामा २५ प्रतिशत आजीवन छुट प्रदान गर्ने र अपाङता भएकाहरुलाई पनि यो सुविधा प्रदान गर्ने क्लिनिक जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,