वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन

काठमाडौँ, ४ माघ । वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा प्रयोगमा छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्रकुमार बस्नेतले भने, “जनशक्ति अभावले सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकेका छैनौँ ।” 

उहाँका अनुसार गत वर्ष वीर अस्पतालले स्थायी रूपमा तीन सय नर्स व्यवस्थापन गर्न लोकसेवा आयोगमार्फत विज्ञापन गरेको थियो तर नर्स भर्ना प्रक्रिया रोक्न माग गर्दै अदालतमा मुद्दा परेपछि सो प्रक्रिया अवरुद्ध छ । उनले नर्सको पदपूर्ति भए २४सै घण्टा शल्यक्रिया गर्न सकिने बताए ।  अस्पतालका सूचना अधिकारी सागर मिश्रले विज्ञ चिकित्सकको अभाव नभएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पुल दरबन्दीमा ल्याएर पनि चिकित्सकको पदपूर्ति गर्न सकिने बताउँदै उनले भने, “चिकित्सकबाहेकका जनशक्ति करारमा पदपूर्ति गर्न सकिए सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकिन्थ्यो ।”

सबै शल्यक्रिया कक्ष सञ्चालन हुन नसक्दा शल्यक्रियाका लागि बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालको बहिरङ्ग विभागमा दिउँसो २ बजेसम्म दुई हजारदेखि साढे दुई हजारसम्म बिरामीको परीक्षण हुने गरेको छ ।  यसैबीच वीर अस्पतालले दिएको स्वास्थ्य सेवाबारे बुझ्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमन भएको छ । प्रधानमन्त्री कार्यालयका उपसचिव शालिकराम दाहालको नेतृत्वमा अनुगमन टोली अस्पताल पुगेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा सेवाग्राहीले लामो लाइन बस्नुपर्ने र शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने व्यवस्थाको अन्त्य गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि वीर अस्पतालमा के कस्ता सुविधा थप भए वा कस्ता समस्याले बिरामीलाई महिनौँसम्म शल्यक्रियाका लागि पालो कुर्नु परेको हो भन्ने विषयमा बुझ्न प्रधानमन्त्री कार्यालयबाट अनुगमन टोली आएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ

काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने

काठमाडौँ, ४ असाेज । नेकपा (एमाले) को पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दै छ । कार्यदलको बैठक आइतबार बिहान