काभ्रेमा रेबिज प्रभावित क्षेत्रमा खोप

काभ्रे, २० मंसिर । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए ।
 
महाभारत– १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ । सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार उक्त रेबिज प्रभावित क्षेत्रमा १६० डोज खोप उपलब्ध गराइएको छ ।

उनका अनुसार मरेका दुई गाईका केही अङ्गहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको हो । “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन स्थानीयलाई प्रेरित गरिरहेका छौँ”, सेढाईंले भने । स्थानीयका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि