(भदौ ६, डडेल्धुरा) । कन्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा पनि आन्दोलन गरेका छन् ।
आन्दोलनमा निर्मला पन्तको हत्यारालाई कारबाही गर, मानव अधिकारको रक्षा गर लगायतका नाराका साथ प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी ठहराई वास्तविक अपराधिलाको बचाउ गरेको भन्दै आन्दोलन गरेका हुन्
प्रहरीले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै मानसिक समन्तुलन गुमाएका स्थानीय दिलिप सिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।






