(भदौ ४, रामेछाप) । उपत्यकामा टिपरलाई आवतजावतमा समय निर्धारण गरेसँगै केही मात्रामा सडक दुर्घटना न्यनिकरण भए पनि आज रामेछापमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
सहकारीमा पैसा बचत गरेर घर फर्कंने क्रममा टिपरले सडकमा ठक्कर दिदाँ लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ की ५५ वर्ष सूर्यमाया तामाङको मृत्यु भएको हो । विपरित दिशाबाट आउँदै गरेको बा १ क ७७५४ नम्बरको टिपरले ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
टिपर लिखु ३ हाइडेपावरको काममा निमार्णका लागि प्रयोग गरिँदै आएको उक्त टिपर चालक उमेश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






