(भदौ ३, नुवाकोट) । पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रावती खण्डको गेर्खु पुल खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।
आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजमार्ग यातायात सञ्चालनमा ठप्प भए पछि बाटो खुलाई यातायात सञ्चालन गर्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।





