तराईको डुबानबारे मैले भारतसँग वार्ता गरें, अहिलेको सरकारले केही गरेन: अध्यक्ष ओली

रौतहट, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको आरोप लगाउनुभएको छ ।

आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै अध्यक्ष ओलीले रौतहटमा भएको कार्यक्रममा सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएका कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गौरको डुबानको समस्या मैले देखेको छु, यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ । कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ,’ ओलीले भने, ‘त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डडेल्धुरा, १६ वैशाख । डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको

काठमाडौँ, १६ वैशाख । दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट हुँदा  लाखौँको क्षति भएको छ ।

काठमाडौँ, १६ वैशाख । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका

काठमाडौँ, १६ वैशाख । सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ ।   हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट,