जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते 

काठमाडौँ, १६ वैशाख । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दु

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गएराति रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना हुँदा ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको हो ।

दुर्घटनामा परी सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ लिम्घा बस्ने २९  वर्षका शंकर विक घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा १३ जना सवार थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार