(भदौ २, कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका-१ दोबाटो भन्ने स्थानमा यात्रुबाहक बस र टिपर आपसमा ठोकिँएर १० जना घाइते भएका छन् ।
दाङबाट कपिलवस्तुको कृष्णनगर आउँदै गरेको ना ४ ख ५५३५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ५२२३ नम्बरको टिपर एक आपसमा ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
घाइते हुनेहरूमा प्युठान माण्डवी गाउँपालिका ८ बस्ने यमबहादुर बिक, सोही स्थानका सीता बिक, सरुमारानी गाउँपालिका ६ का खगेन्द्र पुन मगर, प्युठान दाङ राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने रघुपति गुप्ता, दाङ गढवा गाउँपालिका १ मलमला बस्ने रक्षा कुमाल, कपिलवस्तु कृष्णनगर नगरपालिका ११ बस्ने अफरोज मुसलमान, दाङ घोराही उपमहानगरपालिका-१६ का नसिम मुसलमान, सोही स्थानका मोहमद फुजा मुसलमान दाङ घोराही उपमहानगरपालिका १६ कै ताज मुसलमान, संराज मुसलमान घाइते भएका प्रहरीले बताएको छ ।
घाइतेहरूको उपचारको लागि कृष्णनगरतर्फ पठाइएको र टिपर र चालक नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।






