सेनाले खरिद गरेको भिटामिन डी थ्री शिशुमा प्रयोग घातक

काठमाडौँ, १९ असार । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी’ नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ।

नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ। सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपरोलको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रति एमएल तोकिएको छ । तर, परीक्षणका क्रममा सो मात्रा ५३ गुणा बढी अर्थात ४२ हजार ७१८ आईयू प्रतियुनिट भेटिएको हो। यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर