हैजाको लक्षण र रोकथामका उपायहरु

काठमाडौँ, १६ असार । उपत्यकाका १० ठाउँमा हैजा फेला परेको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ ।

लक्षणहरू

संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :

– निरन्तर अधिक पातालो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मासपेशी बाउडिनु 
– आँखा गढ्नु, छाला चाउरी पर्नु 
– धेरै तिर्खा र थाकान लाग्नु 
– धेरै कमजोरीका कारण वेहोस हुनु 

रोकथामका उपाय 

– सरसफाइमा ध्यान दिने
– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी    अपनाउने 
– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
– सकेसम्म उमालेको पानी पिउने  
– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने 
– पानीको मुहान सफा राख्ने 
– शौचालयमा मात्र दिसापिसाब गर्ने 

उपचार 

– पुनर्जलीय झोलको सेवन गर्ने 
– चिकित्सकको परामर्श लिने 

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि