फिल्मी शैलीमा झापा कारागारबाट कैदी फरार : प्रहरीमाथि गम्भीर प्रश्न

(साउन २७, झापा) । झापा कारागार भद्रपुर परिसर भित्रबाटै एक कैदीबन्दी फिल्मी शैलीमा आइतबार दिउँसो फरार भएसँगै कारागारमा तैनाथ प्रहरीमाथि गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका गौरादह नगरपालिका ८ (साविक जुरोपानी गाविस ९) निवासी अन्दाजी २४ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएको थियो । बेलुका कैदी गन्ती गर्ने क्रममा एक जना कैदीबन्दीको संख्यामा कमी आएपछि माझी फरार भएको घटना त्यसपछि बाहिर आएको हो ।

माझी पेशाले इलेक्ट्रिशियन भएकाले कारागारको पर्खालमा बिजुलीका काम गर्नका उनले भर्‍याङ (सिढी)को प्रयोग गरेका थिए। ‘भर्‍याङ चढेर काम गर्दागर्दौ गरेको अवस्था फिल्मी शैलीमा पर्खाल नाघेर फरार भएको हुन सक्ने अनुमान गरिएको छ ।

कारागार भित्रैबाट कैदीबन्दी फरार भएपछि कारागारमा तैनाथ सुरक्षाकर्मी तथा कैदिवन्दीसँग सोधवुझ भइरहेको साथै व्यापक रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको