(साउन २५, काठमाडौं) । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मिडिया तथा मिडियामा कार्यरत पत्रकारहरुलाई राज्य वा सरकारवाट भन्दा पनि सरकारका एजेन्सीदेखि वढी खतारा रहेको बताएका छन् ।
असल शासन फाउण्डेशन (गोगो)ले आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा अध्यक्ष शर्माले पत्रकारलाई गुण्डा नाईकेसँग सवभन्दा वढी खतरा रहेको जसको सम्बन्ध राजनैतिक नेतासँग हुने गरेकाले खतरा वढ्दै गएको बताउँदै अध्यक्ष शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताए ।
अध्यक्ष शर्माले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको भन्दै कुनै पनि इन्काउन्टरको नाममा गोली हानी हत्या गर्ने प्रवृक्त वढ्दै गएको जुन नेपालको कानुनमा नभएको कार्य भएकाले यस्ता कार्यहरु न्याय विपरीत रहेको बताउँदै मानवअधिकार उल्लङ्घन सरकार तथा नागरिक कसैले पनि गर्नु नहुने धारणा व्यक्त गरे । यस्ता प्रकारका जघन्य कार्यहरु भएमा नागरिक सङ्घसंस्था, पत्रकार तथा संवन्धीत निकायहरु एक ढिक्का भई त्यसको न्यायोचित ढंग समस्या समाधानको बाटोवाट अघि वढेुनपर्ने बताए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियाले जनता र सरकार बीचको अन्तरसम्बन्धलाई जोड्ने पुलको रुपमा नागरिक संस्थाले काम गर्नुपर्ने बताए । उनले सामाजिक संघ संस्था तथा पत्रकारले नागरिकको हक र अधिकारका विषयमा जानकारी तथा सन्देशमुलक मात्र नभई मुल्याङकन कर्ताको रुपमा अघि वढ्नुपर्ने बताए । त्यस्तै भ्रष्टचारका विषयमा समाचार संम्प्रेषण गर्दा लिनेलाई मात्र नभई दिनेलाई पनि समान रुपमा जिम्मेवार रहेको विषयमा उल्लेख गराउँदै त्यस्ता लिने र दिने दुवैलाई निरुत्साहित पार्ने प्रकारका हुनुपर्नेमा जोड दिए ।
फाउण्डेशनका कार्यकारी निर्देशक केदार खड्काले नेपालमा नागरिक संस्था व्यवस्थित हुन नसकेको धारणा व्यक्त गरे ।
यसैगरी सोही अवसरमा भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चलाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई नगद रु ११ हजार १११ सहित ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ बाट सम्मान गरिएको छ । सम्मानमा नगद सहित सम्मानपत्र तथा वुद्धको ८ केजीको मुर्ति हस्तान्तरण गरी सम्मान गरिएको छ ।
उक्त फाउण्डेशनले यस अघि उक्त सम्मान डा. भगवान कोइराला र कुलमान घिसिङलाई प्रदान गरिसकेको छ ।
सम्मानित भएपछि प्रधान सम्पादक थापाले भ्रष्टाचार विरुद्धको खोजमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिदै कहि कसैको आसा र भरोसाका भरले सत्य, तथ्य तथा निष्पक्ष लेखनकोलागि कत्ती पनि विचलित नुहने बताएका छन् । त्यस्तै उनले सम्मानभन्दा काम ठूलो भएकाले त्यस तर्फ अग्रसर हुन सवै पत्रकारहरुलाई आग्रह गरे ।
उक्त कार्यक्रममा विश्वका ६९ देशको नागरिक संस्थाहरुको दिगोपनको सूचकमा नेपाल दक्षिण तथा दक्षिणपूर्वी एशियाका सात देशमध्ये चौथो स्थानमा रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।







