स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब बजेट

काठमाडौँ, १५ जेठ । सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने जानकारी गराए । अर्थमन्त्री शर्माका अनुसार जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालम जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ । त्यस्तै सरकारले ४०  वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने भएको छ । 

आर्थिक वर्ष ०७९-८०को बजेटमार्फत सरकारले ४० वर्ष नाघेका नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्कृनिङ सेवा सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर