टाइफाइडविरुद्धको खोप बालबालिकालाई यी अस्पतालमा दिइँदै

काठमाडौं, १६ बैशाख । काठमाडौंमा टाइफाइडविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिइँदैछ ।

 १५ महिनादेखि १५ वर्षसम्मका छुटेका बालबालिकालाई ८ वटा अस्पतालहरुबाट यो खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

कार्यालयका अनुसार कान्ति बाल अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी मीनभवन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार महिला तथा स्त्री रोग अस्पताल थापाथली, टिचिङ अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट खोप दिइँदैछ । 

सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष १ लाख ५ हजार जनामा टाइफाइड संक्रमण देखिने गरेको छ । १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर