प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार

काठमाडौँ, ९ बैशाख । सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो ।

सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनका लागि अपिल गरेका छन् ।प्लास्टिक झोला प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको करिब १० अर्ब निजी लगानी जोखिममा रहने नेपाल प्लास्टिक उत्पादक सङ्घको भनाइ छ । तर ४० माइक्रोनभन्दा बढी प्लास्टिकको झोला उत्पादन गर्ने नयाँ प्रविधि आवश्यक रहेको भन्दै सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, आयकरमा छुट हुनुपर्ने, नयाँ उद्योग स्थापनाका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउनुपर्ने लगायतका उद्योगीको माग छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ