छुटेका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

काठमाडौँ, ७ बैशाख । काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई यही वैशाख ९ गते टाइफाइडविरुद्धको खोप लगाउने जनाएको छ ।

सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले यही वैशाख ९ गते यसअघि छुटेकालाई खोप लगाउन लागिएको हो ।

यसअघि छुटेकालाई वैशाख ९ गते र त्यसपछि पनि लक्षित समूहमा कोही छुटे भने सरकारले तोकेको नियमित खोप लगाउने खोप केन्द्रमा गएर लगाउनुपर्ने छ । सरकारले गत चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि