मूल्य बढाउन सिटामोलको तौल बढाइयो

काठमाडौँ, १२ चैत । सरकारले सिटमोलको वजन बढाएर मूल्यवृद्धि गरेको छ ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले झण्डै ५० वर्षदेखि ५०० एमजीमा उत्पादन हुँदै आएको सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । तर, सरकारले ५०० एमजीमा मूल्य नबढाउने भएपछि त्यसको साटो वजन बढाएर सोही अनुपातमा मूल्य बढाउने चलखेल भएको औषधि व्यवस्था विभागकै कर्मचारीहरु बताउँछन् ।

सिटामोलको वजन बढेसँगै एक ट्याब्लेट सिटामोलको मूल्य २ रुपैयाँभन्दा बढी निर्धारण गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि