लेखक विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ ।
त्रिभुवन विश्वविद्यालयमा वरिष्ठ साहित्यकारद्वय पूर्वप्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा र महेश पौडेललगायत व्यक्तिले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।
जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित लेखक सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टारको अवलोकन र अनुभवपश्चात् यो उपन्यास लेख्न सुरु गरेको बताए ।





