‘नारी’ त्यो रङ्गमय इन्द्रेणी रङ्ग हौ तिमी,
तर पानीबाट बच्नु रङ्गहरु पखाल्नेको कमी छैन यहाँ,
नारी एउटा सुन्दर पुष्प हौ तिमी,
तर काँडा भएको बोटमा फूल्नु चुड्नेहरुको कमी छैन यहाँ ।
तिमी नसम्झ कि आफुले आफैलाई कम्जोरी,
पिडासँग जुध्न र लड्न सक्ने तिमी छौ शक्तिशाली,
तिम्रो अन्तर मनको हिम्मतलाई हत्या नगर,
बन्ने प्रेरणा जगाऔं हृदयमा महान प्रभावशाली ।
तिमी त घरको खम्बा हौ तिमी बिना त घरबार चल्दैन,
घरबारको त कुरै छोड तिम्रो अभावमा चुलो नि बल्दैन,
तिमी गरीमा, प्रेरणा र उदाहरणीय व्यक्ति बन्न,
तिम्रो जीवनको सधै तिमी नायिका बन्नु कसैको सिकार नबन्नु ।
आखाँमा अरबौ सपना र मुहारमा सुन्दर हाँसो बोकी हामी नारी,
गिद्धे नजर लगाउने यो पापी समाजमा बाँच्नु छ डरसरी,
तिम्रो जीन्दगीको संरक्षक तिमी नै हौ,
नबस अब अरुको भर परी ।
आशिका तामाङ
कोटेश्वर क्याम्पस, काठमाडौँ






