(साउन १४, अमेरिका) । चर्चित गीतकार अम्बिका गुरुङ अनेसास र अन्तर्राष्ट्रिय कलाकार मँचले भर्जिनिय अमेरिकामा सम्मान गरेको छ ।
अमेरिकामा २०५ औँ भानु जयन्ती अबसर पारेर गीतकार गुरुङको सृजनाहरुमा मुल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । साहित्यकार एवम् समाजसेवी गुरुङलाई कार्यक्रममा राजदूत कार्की, अध्यक्ष खनाल, संस्थापक सुवेदीले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
गीतकार गुरुङ्को गीतहरुमा आदत, जुन जस्तै सितल र मखमली चोलीजस्ता धेरै गीतहरु चर्चामा रहेको छन ।






