नेपालमा हेपाटाइटिस बढ्दै

(साउन १२, काठमाडौँ) । नेपालमा हेपाटाइटिसका बिरामी बढ्दै गएको चिकित्सकले बताएका छन् । हेपाटाइटिस भनेको कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने यस्तो संक्रमण नै हेपाटाइटिस हो ।

 चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन् । नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ ।

सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘बी’ को संक्रमण पाइएको छ । सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुनेलगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सकको भनाइ छ ।

बी र सी हेपाटाइटिसका कारण हरेक वर्ष संसारका १३ लाख मानिसको मृत्यु हुन्छ । क्यान्सरबाट मृत्यु १२ जनामध्ये एक जना कलेजोको क्यान्सरबाट मृत्यु हुन्छ । चिकित्सकका अनुसार संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्नसक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई