जाडोमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

काठमाडौँ, २३ माघ । जाडो मौसममा  हामी बसेको वरिपरिको चिसो वातावरणका कारण  शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । जसका कारण विभिन्न रोगको जोखिम बढ्छ ।  त्यसैले  चिसो मौसममा विभिन्न उपायहरु अपनाउनु पर्दछ ।

स्वास्थ्य समस्या र बच्ने उपायहरू :

१. जाडो मौसममा कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्छ ।

२. जाडो मौसममा अत्याधिक चिसो वा तातोमा स्थानमा बस्न हुदैन । एसीमा बसेर बाहिर निस्किदा शरिरले बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न बिज्ञहरु सुझाव  रहेको छ ।

३. धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको लग्ने गर्दछ ।  यदि पिनासको समस्या छ भने धुलोबाट बच्नुपर्छ । नियमित शरिरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य ड्रिंक्स खानुहुन्न। बाहिर निस्किदा जहिले पनि मास्क लगाउनुपर्छ ।

४. चिसो मौसममा मानिसको छाला फुस्रो हुने गर्दछ  हुन्छ ।  त्यसैले हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

५. उनीको टोपी, मफलर लगायतका न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकोले नियमित पोषिलो खानेकुरा खानुपर्छ ।

६. चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ। सुख्खा छाला फुट्ने गर्छ । तसर्थ जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ र मोश्चराइजर क्रिम लगाउनुपर्छ । एभोकाडो, जैतुन र नरिवलको तेलले छालालाई शितल  र मुलायम बनाउँछ ।

७. प्रशस्त पोषणले पनि  स्वास्थ्य र छालाको स्याहार गर्छ । भिटामिन सीले प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ। भिटामिन सीले रुघाखोकीबाट पनि बचाउँछ ।

८. जाडोमा धेरै मानिसलाई ह्यदघात हुने गर्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । यही जोखिमका कारण विज्ञहरुले मोटा र बृद्धबृद्धालाई जाडो मौसममा मर्निङ वाक गर्न सुझाब दिँदैनन् ।

९. जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो । चिसो र सुख्खा हावाले श्वासनलीलाई साँघुरो पारी श्वास फेर्न कठिनाई उत्पन्न गर्छ। तसर्थ जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ नबाल्नुहोस् ।

 १०. जाडोमा जोर्नी दुख्ने समस्याबाट बच्न पैतलालाई न्यानो बनाउनुपर्छ । एउटा बाक्लो लुगा लगाउन भन्दा पातला दुई वा सो भन्दा बढी कपडा लगाउनु उपयुक्त मानिन्छ । यसले जोर्नीलाई चिसो हुनबाट बचाउछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष