(साउन ११, काठमाडौं) । नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७३र०७४ मा सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, असमानता तथा विभिन्न विसङ्गतिहरू निराकरण गर्नका लागि संविधानले मार्गदर्शन गरेका नीति एवम् दायित्व जनआकांक्षा अनुरुप परिपूर्ति हुनेतर्फ सम्बद्ध सबैले ध्यान पुर्याउनु पर्नेमा जोड दिएकी छिन् ।





