सर्वोच्च अदालतका न्यायाधीशसहित दुई दर्जनमा कोरोना संक्रमण

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको प्रवक्ता दाहालले बताउनुभयो ।

कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेशी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ । आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने भएको छ ।

नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारीलगायत २० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष