(साउन ९, काठमाडौ) । डा.गोविन्द केसीका मागका सवालमा कस्तो आन्दोलन गर्ने भन्ने विषयमा काङ्ग्रेसभित्रै नै विवाद भएको छ ।
पार्टीसभापति शेरबहादुर देउवालगायतका पदाधिकारीले मनोमानी निर्णय गरेको भन्दै विवाद भएको हो ।
‘सडकदेखि सदनसम्मका आन्दोलन गर्ने घोषणा भन्नेमा पार्टीमा छलफल नै भएन, पदाधिकारीहरु बसेर एकैपटक आन्दोलनको घोषणा भयो’ यसमा हामीसँग कुनै छलफल गरिएन भन्दै नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले सभापति देउवालाई भेटेर असन्तुष्टि जनाएका छन् ।





