सांसद पहारी लागे फेवाताल सफाईमा : तालवाट निस्किएको फोहोरलाई कम्पोष्ट मल बनाउने

(साउन ८, पोखरा) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारी फेवातालको संरक्षण तथा सम्वद्र्धको निम्ती अहोरात्र खट्दै तालवाट निस्किएको फोहोरलाई कम्पोष्ट मल वनाउने योजनाका साथ अघि वढ्नुपर्ने बताएका छन् ।

आज वडा न ६ का वडा सदस्य हरी पहारी, पुष्पा पहारी र राममाया बिक सहित फेवाताल को जलकुम्बि झार निकाल्ने सांसद पहारी सक्रिय रुपमा सहभागि रहेका छन् । तालको जलकुम्भी झार रुपि फ़ोहोरलाई कम्पोष्ट मल रुपि मोहोरमा रुपान्तरण गर्ने काममा पनि अब योजना बनाई गण्डकि प्रदेश र पोखरा महानगरपालिकाले फेवातालको अकार वृद्धि र सौन्दरिकरणको निम्ति छुट्टयाइएको रकम निति नियम प्रकृयाको नाउमा बिलम्ब नगरि शुरु गरिएन भने लगन पछिको पोते जस्तो हुने बताएका छन् । उनले समयमा नै काम शुरु गरी त्यसलाई परिणाम मुखी ढंगले अघि वढ्न ढिलो गर्नु नहुने बताएका छन् ।

देश विकास तथा आर्थिक समृद्धिको मुख्य स्रोत नै गण्डकी प्रदेशको फेवाताललाई लिइन्छ । नेपालको लागि मात्र परिचित नभई विश्व परिचित फेवातालको संरक्षण तथा सम्वद्र्धन गरी अझ वढी पर्यटकिय विकास गर्न सकिने बताउने सांसद पहारीले निर्वाचित भएपश्चात नै फेवाताल संरक्षण तथा त्यसको क्षेत्रफल विस्तार गर्ने उद्घोष गरेका थिए । सोही अनुसार उनले आफ्नो दुई महिना बरावरको पारिश्रमीक समेत ताल संरक्षणको निम्ती हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको