जाडो महिनामा छालामा सङ्क्रमणको जोखिम

चितवन, २० पौष । जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।

छालामा पानीको मात्रा कमी हुँदा सुक्खा हुने चितवनको भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा. प्रशन्न नापेले बताउनुभयो । छालामा हुने सुक्खापनका कारण सोरायसिस, इथायसिसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी देखिने गरेको छ । चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या हुन्छ । साथै प्रदूषण बढ्ने भएकाले पनि समस्या जटिल बन्न सक्छ ।

चिसोबाट हुने एलर्जीबाट दीर्घकालीन असर पर्ने भएकाले जोगिनुपर्ने उहाँको भनाइ छ । सकेसम्म हातमा पञ्जा लगाउने, खुट्टामा मोजासहित जुत्ताको प्रयोग गर्ने, छालालाई सुक्खा हुन नदिने तथा सङ्क्रमण भइहालेमा जथाभाबी औषधि प्रयोग नगरि विशेषज्ञलाई देखाउन उहाँको सुझाव छ । भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा. शशी हिराचनका अनुसार जाडोमा शरीरलाई चिल्लो पार्न नरिवलको तेल प्रयोग गर्न सकिन्छ । छालामा देखिने पुरानो दाद जस्तो रोगले गम्भीर असर पार्ने भएकाले बेलैमा सचेत बन्नुपर्नेमा उहाँको जोड छ । अरू बेलाभन्दा जाडोमा शरीरको प्रतिरोध क्षमता कमजोर हुन्छ ।

कम घाम लाग्ने र घाम लागे पनि नताप्ने गर्दा शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ । यो बेला विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगका सङ्क्रमण जोखिम धेरै हुन्छ । श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगी समेत बढ्ने गरेका छन् । चिसोमा सामान्यतया रुघाखोकी, निमोनिया जस्ता अरु पनि विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले सावधानी अपनाउन डा. नापेको सुझाव छ । काठमाण्डौ उपत्यकासहित तराईमा चिसो ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोले जनजीवन थप प्रभावित बनेको छ ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी बढी प्रभावित भएका छन् । तातो र झोलिलो पदार्थ खाने, न्यानो लगाउने, घाम ताप्ने तथा व्यायाममा पनि ध्यान दिन सके चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने डाक्टरको सल्लाह छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ २८औँ वर्षको सफल सञ्चालन पूरा गरी मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश

ओखलढुंगा, ७ मंसिर । ओखलढुंगामा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सोमबार बिहान सिद्धिचरण नगरपालिका–२, खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री

काठमाडौँ, ७ मंसिर । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयरले सेमेस्टर प्रणालीमा आधारित ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) तथा ‘मास्टर अफ

काठमाडौँ, ६ मंसिर । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार