हरियो चुरा र मेहन्दीको क्रेज बढ्दै : करोडौंको समान आयात

(साउन ५, काठमाडौं) । बिशेष साउन महिना हराभरा र उमंगको महिना भएकैले होला युवती तथा महिलाहरूको हातमा मेहन्दी, हरिया पहेंलो रंगीबिरंगी चुराले सजिएको साथै शिवको ब्रत बस्ने गरेको देख्न सकिन्छ ।

साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । भगवान् शिवको प्रिय महिना पनि मानिन्छ । साउन महिनामा महिलाहरु शुद्ध शाकाहारी खाना खाने, भगवान शिवको पूजा आराधना र बर्त बस्ने परम्परा छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । व्रत बस्नाले अविवाहित नारीहरूले महादेव जस्तो पति पाउनुका साथै विवाहित महीलाहरूको पतिको आयू लम्बिने धार्मक विश्वास रहेको छ ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको अर्थ आफ्नै रहेको छ । हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य र पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा हेरिन्छ ।

नेपाली समाजमा सौभाग्य सूचक चुरालाई मानिन्छ । सौभाग्य सूचकमा रातो चुराले प्राथमिकता पाएपनि पछिल्लो समय नेपाली नारीहरूले साउन महिनामा हरियो चुरा नै लगाउने थालेका छन् ।

साउनको १ गतेबाट सुरु हुने मेहन्दी, चुरा लगाउने महिलाको घुइचो हरितालिका पर्व तिजसम्मै रहन्छ । हरेक वर्ष करोडौं मूल्य बराबरका चुरा, पोते, टीका लगायत सौन्दर्यका सामग्रीहरू बाहिरबाट भित्र्याउने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३र७४मा २५ करोड २४ लाख मूल्यका चुरा तथा टीका, टीकी, पोतेलगायत सामग्रीहरू भित्रिएको छ । त्यसमध्ये सबैभन्दा बढी भारतबाट आयात हुन्छ । भारतबाट २३ करोड ६ लाख मूल्य बराबरका सामग्री नेपाल भित्रिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको